जावलाखेल युथ क्लबलाई ४ लाख रुपैयाँ सहयोग

काठमाडौं ।

ब्रिटिस आर्मीका पूर्वलेफ्टिनेन्ट कुलबहादुर बुढाथोकीले जावलाखेल युथ क्लबलाई रु चार लाख सहयोग गरेका छन् । ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा भाग लिने खेलाडीका लागि उनले सो रकम सहयोग गरेका हुन् ।

एन्फाको आयोजनामा आगामी कात्तिक २९ गतेदेखि हुने ‘ए’ डिभिजन लिगमा क्लबले भाग लिँदैछ । क्लबका अध्यक्ष महेन्द्र क्षेत्रीले सो रकम खेलाडीको व्यवस्थापनमा प्रयोग गरिने बताए । उनले आर्थिक सहयोगले खेलाडीलाई हौसला मिल्ने बताए ।

क्षेत्रीले खेलाडीलाई खान, बस्न र खेल तयारीका लागि उक्त रकम खर्च गरिने बताए । बुढाथोकीले विभिन्न समाजिक कार्यका लागि सहयोग गर्दै आएका छन् ।

You might also like

Comments are closed.