विद्यालयलाई सहयोग जुटाउँदै पूर्वविद्यार्थी

दमौली । तनहुँको भानु नगरपालिका–१३ स्थित अरनिको माध्यमिक विद्यालयमा अध्ययरत पूर्वविद्यार्थी विद्यालयलाई सहयोग जुटाउन कस्सिएका छन् । अङ्ग्रेजी माध्यमबाट विद्यालय सञ्चालन गराउन आवश्यक पर्ने रकम जुटाउन उनीहरुले अभियान नै सुरु गरेका हुन् ।

अङ्ग्रेजी माध्यममा पठनपाठनका लागि विद्यालयको आर्थिक स्रोतले नभ्याउने भएपछि सहयोग सङ्कलन अभियान थालिएको पूर्वविद्यार्थी मञ्चका अध्यक्ष गलबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार मञ्चको आग्रहमा हालसम्म डेढ लाखभन्दा बढी रकम सङ्कलन भएको छ । वार्षिकरुपमा एक लाख बराबरको पाठ्यपुस्तक खरिद गर्नुपर्ने र त्यसका लागि विद्यालयको आर्थिक स्रोतले नसकिने भएपछि पूर्वविद्यार्थी कोष स्थापना गरी अभियान थालिएको उनले बताए । “अभियानमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ, विद्यालयका पूर्वविद्यार्थीले पनि सहयोग गरेका छन्”, उनले भने ।

बुधबार मात्र भानु–१२ आहाले घर भई अमेरिकामा रहेका राजुविक्रम अधिकारीले ५० हजार रुपैयाँ सहयोग गरेका छन् । त्यस्तै भानु –१३ तीनघरे घर भई सोही देशमा रहेका राजु अधिकारीले ५१ हजार रुपैयाँ सहयोग गरेका छन् । यसअघि विभिन्न व्यक्तिबाट प्राप्त ६० हजार रुपैयाँ विद्यालयलाई हस्तान्तरण गरिसकिएको मञ्चका सचिव रामकृष्ण कुँवरले जानकारी दिए ।

jutta mela

हालसम्म पोखरीछाप घर भई अष्ट्रेलिया रहेका प्रेम गुरुङले २५ हजार रुपैयाँ, खड्कागाउँका प्रकाश थापाले दश हजार रुपैयाँ, बर्खौलाका प्रेम गुरुङले पाँच हजार ५ सय रुपैयाँ, पुलिमराङका युवराज गुरुङले पाँच हजार, महम्मद तालिम मियाले पाँच हजार पाँच, मोहोरिया खड्कागाउँ घर भई दुवई रहेका रविन खड्काले दश हजार रुपैयाँ सहयोग गरेका छन् ।

You might also like

Comments are closed.