पर्यटन प्रवद्र्घनको लागि नेपाल जनरल माकेटिङले लोमाङ्गथान भ्रमण गराउने

काठमाडौं । नेपालको लागि हिरो मोटर साईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ प्रा.लि.ले आन्तरिक पर्यटन प्रवद्र्घनको साथै हिरो  Xpluse 200 मोटर साईकल खरिद गरेका ग्राहकहरुलाई अति सुन्दर मनमोहक लोमाङ्गथान भ्रमण गराउने भएका छन् ।

यहि कार्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी Xpluse 200 चढ्ने ग्राहकहरुलाई सहभागिता गराउंदै यात्रा शुरु हुनेछ । सो यात्रा काठमाडौं -पोखरा-लेटे-जोमसोम-मुक्तिनाथ-लोमाङ्गथान हुदै करिब ९०० कि.मि.को हुनेछ ।

नेपाल जनरल माकेटिङको अध्यक्ष अभिक ज्योतिले  टेकु,बुधबारीमा रहेको हिरोको शोरुमा कार्तिक १६ गते (Flag off) ल्फाग अफ गरेर यात्राको शुभारम्भ गरे ।

सो अवसरमा वनले यात्रामा सरिक हुने सबैलाई अनुशासित तवरले सतकर्ताका साथ बाईक चलाउनु अनुरोध गर्दै जोखिममुक्त तवरले यात्राको सफलताको लागि सबैलाई हार्दिक शुभकामना दिए ।

You might also like

Comments are closed.