काठमाडौं । भारतीय मोटरसाइकल ब्राण्ड हिरोले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल भीडा सार्वजनिक गर्ने तयारी गरेको छ ।
कम्पनीले भोलिदेखि इटालीको मिलानमा सुरू हुने इक्मा अटोशो २०२५ को अवसरमा आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल भीडा भीएक्सजेड नामबाट सार्वजनिक गर्ने भएको हो । कम्पनीले सामाजिक संजालमा टिजर सार्वजनिक गर्दै नयाँ भीडा मोटरसाइकलको नोभेम्बर ४ (भोलि) अनभिल गर्ने घोषणा गरेको हो ।
कम्पनीले टीजरमा नयाँ इलेक्ट्रीक मोटरसाइकलका बारे विस्तृतमा केही खुलाएको छैन । यसमा प्रयोग भएकोे मोटर पावर, ब्याट्री पावर र अन्य प्राविधिक विवरणहरू भोलि मात्र बाहिर आउने छ । टिजरमा देखिए अनुसार भीडा भीएक्सजेड मस्कुलर स्ट्रिटफाइटर स्ट्यान्स र एर्गोनोमिक्स नेकेड डिजाइनमा छ । जुन झट्ट हेर्दा हिरोको एक्स्ट्रीम मोडल जस्तै देखिन्छ ।
यस ईभी मोटरसाइकलमा मस्कुलर ट्यांक र चौडा ह्याण्डलबार सेटअप दिइएको छ । यसमा पूरा एलईडी लाइट सेटअप, डीआरएल, कनेक्टिभिटी सहितको टीएफटी कन्सोले, स्टेप्ड स्प्लीट सिट र ग्रर्याबरेल, अलोय ह्वील, दुवै टायरमा डिस्कब्रेक, फ्रन्टमा अपसाइड डाउन फर्क र रियरमा मोनोसक सस्पेन्सन रहेको छ ।









Comments are closed.