ब्याजकै कारण व्यवसायीले भौँतारिनुपर्ने अवस्था सिर्जना भयो : कार्की

विराटनगर । मोरङको उर्लाबारीमा प्रादेशिक औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव आजबाट सुरु भएको छ । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महोत्सवको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा बोल्दै कार्कीले व्यवसायीहरु ब्याजकै कारण भौँतारिनुपर्ने अवस्थाको सिर्जना भएको बताएका छन् । राष्ट्र बैंकको बैंकिङ नीतिका कारण व्यवसायीहरु टाँट पल्टने अवस्थामा पुगेको कार्कीले बताए ।

पछिल्लो समय बैंकमा सञ्चिती बढ्दै गएको उल्लेख गर्दै मन्त्री कार्कीले राष्ट्र बैंकले राम्रो मौद्रिक नीति नल्याउने हो भने मुलुक आर्थिकरूपले विपन्न हुने दाबी गरे ।

jutta mela

माघ २९ गतेसम्म सञ्चालन हुने महोत्सवमा नेपाललगायत भारत, पाकिस्तान र बङ्गलादेशका गरी एक सय ७० स्टल राखिएको छ। यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान बनाउन महोत्सवको आयोजना गरिएको महोत्सव आयोजक समितिका संयोजक चन्द्रबहादुर भट्टराईले जानकारी दिए ।

नौ दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र २५ करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।

You might also like

Comments are closed.