हाइलाइफको ‘बासमती राइससँग फेस्टिभ भाइब्स’मा १ लाख नगद पुरस्कार

काठमाडौं । हाइलाइफले ‘बासमती राइससँग फेस्टिभ भाइब्स’ योजना ल्याएको छ । यो योजनामा सहभागी हुनेले रु १ लाख जित्न सक्नेछन् ।

योजनामा सहभागी हुनका लागि हाइलाइफको बासमती राइस प्रयोग गरी आफुलाई मनपर्ने परिकार पकाएको भिडियो बनाउनुपर्नेछ । यो भिडियो बनाएर आफ्नो फेसबुक, इन्स्ट्राग्राम अथवा टिकटकमा पोष्ट गर्नुपर्नेछ ।

हाइलाइफको पेजलाई भिडियोमा ट्याग गर्नुपर्ने हुन्छ । #hilifefoods #festivevibes #giveawaycampaigns  hashtag प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

यसको भाग्यशाली विजेता कात्तिक २१ गते हाइलाइफको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ । आउँदो कात्तिक १२ गतेसम्म यो योजना लागू हुनेछ ।

थप जानकारीको लागि हाइलाइफको कुनै पनि सामाजिक सञ्जाल अथवा वेबसाईटमा हेर्न सकिनेछ । हाइलाइफको बासमती राइस सर्वत्र बजारमा उपलब्ध छ ।

You might also like

Comments are closed.