हाइलाइफको उपहार बिजेता खुद्रा व्यवसायीलाई उपहार हस्तान्तरण

काठमाडौं । हाइलाइफ एग्रो एण्ड फुड इन्डष्ट्रिज लिमिटेडको उत्पादन कुरुम कुरुम चिउराको खरिदमा उपहार हात पार्ने रिटेलर (खुद्रा) व्यवसायीहरुलाई उपहार हस्तान्तरण गरिएको छ । काठमाडौंमा एक कार्यक्रमबीच उपहार बिजेतालाई उपहार हस्तान्तरण गरिएको छ ।
कम्पनीले हाइलाइफ चिउरा बिक्री वितरण गर्दै आएका खुद्रा व्यवसायीलाई लक्षित गरी उपहार योजना सार्वजनिक गरेको थियो । लक्की ड्र कार्यक्रमबाट उक्त उपहारका बिजेताहरु छनोेट भएका थिए ।

हाइलाइफ चिउरा खरिदबाट २ जना खुद्रा व्यवसायीले पल्सर १५० सिसीको बाइक उपहार जितेका छन् । बाइक बिजेताहरुमा न्यु पुष्पाञ्जली स्टोर्स मैतीदेवीका तुलबहादुर श्रेष्ठ र के.आर. सप्लायर्स कपनका कृष्णप्रसाद अधिकारी छन् । उनीहरुलाई पल्सर बाइक हस्तान्तरण गरिएको छ । २ जनाले स्कुटर उपहार जितेका छन् । श्री सत्यवती किराना तथा खाद्य पसल पेप्सीकोलाका मोहनकुमार श्रेष्ठ र हेलिना एण्ड मिलन किराना पसल तुल्सीपुरका कृष्णबहादुर पुनलाई डियो स्कुटर उपहार हस्तान्तरण गरिएको छ ।

प्रविण स्टोर्स सिनामंगलका पुरुशोत्तम श्रेष्ठ र बि.एस. स्टोर्स माछापोखरीका बृहस्पती श्रेष्ठले एसी उपहार जितेका छन् । टुडेज स्टोर्स रानीवनका राजु गुरुङ र पञ्चेश्वर स्टोर्स ललितपुरका गोपाल महर्जनले सामसुङ फ्रिज उपहार प्राप्त गरेका छन् । झापाली खाद्यान्न पसल कात्यनीचोकका मेनुका कोइराला, भक्तपुर मिनी मार्ट सुकुलढोकाका नबिन शाखः र दियालो ट्रेडर्स मध्यपुरका कृष्णलाल भट्ट डंगोलले लेनेभो ल्यापटप उपहार प्राप्त गरेका छन् । सम्पूर्ण बिजेतालाई उपहार हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । हाइलाइफ चिउरा खरिदमा पहिलो चरणमा रिटेल पसलहरुका लागि बम्पर उपहार योजना ल्याएको हो ।

हाइलाइफका उत्पादनहरु नेपालमा लोकप्रिय बन्न सफल रहेको कम्पनीका संचालक पंकज ज्ञवालीले बताए । हाइलाइफका सबै प्रडक्टहरु स्वस्थकर रहेको ज्ञवालीले बताए । हाइलाइफ नेपाली बजारमा एफएमसिजी प्रडक्ट बिक्री वितरण गर्दै आइरहेको प्रशिद्ध ब्राण्ड हो । हाइलाइफले नेपाली बजारमा एफएमसिजी ब्राण्डमा आक्रामक रुपमा बजार बिस्तार गर्न सफल छ । देशव्यापी नेटवर्क मार्फत हाइलाइफका प्रडक्ट बिक्री हुँदै आइरहेको ज्ञवालीले जानकारी दिए ।

बुटवलबाट उदाएको हाइलाइफ समूह पछिल्ला केही वर्षदेखि काठमाडौंमा कर्पोरेट कार्यालय खोली बजार बिस्तारमा केन्द्रित छ । हाइलाइफ ब्राण्डका चिउरा, कर्नफ्लेक्स, ओट्स, चिया सिड्स, सोयाविन, ग्रीन टि लगायतका प्रडक्ट बजारमा लोकप्रिय छन् । कम्पनीले एक महिना अगाडिबाट चिजबल लगायतका स्न्याक्सहरु पनि बजारमा सार्वजनिक गरेको छ । स्न्याक्सका प्रडक्टमा पनि बजारबाट राम्रो प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले आफ्ना उत्पादन विदेशका विभिन्न देशमा पनि बिक्री वितरण गर्दै आएको छ ।

You might also like

Comments are closed.