हाइलाइफद्वारा प्रिमियम ब्राण्डको चिया बजारमा

नेपाली चियाको बजारलाई प्रवर्द्धन गर्ने हाइलाइफको लक्ष्य

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरी खाद्य उत्पादनमा विशेष पहिचान बनाएको कम्पनी हाइलाइफले प्रिमियम ब्राण्डको चिया बजारमा ल्याएको छ ।

कम्पनीले उत्कृष्ट स्वादसहित हाइलाइफ ब्राण्डमा ‘मसला टी, र ‘गोल्ड टी’ बजारमा ल्याएको हो । चिया पारखी तथा उच्च गुणस्तरको चिया खोज्ने उपभोक्ताका लागि हाइलाइफ चिया विशेष आकर्षक बन्ने कम्पनीले विश्वास लिएको छ ।

परम्परागत चियामा भन्दा फरक स्वाद र फरक पहिचानसहित चिया बजारमा ल्याउन सफल भएकाले उपभोक्तको रोजाइमा हाइलाइफ चिया पर्ने कम्पनीको दावी छ । चियामा अलैंची, ल्वाङ, मरिच लगायतका मसला मिश्रण गरिएको छ ।

हाइलाइफले सिटिसी र प्रिमियम ग्रिन टिका भेरियन्ट पनि बजारमा उपलब्ध गराइरहेको छ । जसमा उत्कृष्ट स्वाद र सुगन्ध प्रदान गरिएको कम्पनीले जनाएको छ ।

हाइलाइफको चियाले बजारमा उच्च गुणस्तरको छाप छोड्न सफल भएको र माग पनि बढिरहेको बताइएको छ । विश्वव्यापी चिया बजारमा पनि आफ्ना उत्पादनले नेपाली चियाको उपस्थिति बढाउने कम्पनीले जनाएको छ ।

नेपाली चियाको बजारलाई प्रवर्द्धन गर्ने हाइलाइफको लक्ष्य

नेपालमा विशेषगरि चिया खेती झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा हुने गरेको छ । चिया खेतीले ती जिल्लाको कुल खेती क्षेत्रको ७५ प्रतिशत क्षेत्र ओगटेको छ । चिया प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा चिया खेती र प्रशोधनका क्षेत्रमा करिव ५ लाख जनाले रोजगारी पाएका छन् ।

नेपालको चुनौतिपूर्ण भूभाग र सीमित खेतीयोग्य जमिनको बाबजुद पनि चिया खेती फस्टाएको छ । नेपालको मध्य उचाई क्षेत्रहरू, पहाडी भूभाग, चिया खेतीका लागि राम्रो मानिन्छ । नेपाली चिया उत्पादक र उत्पादकहरूले विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको छ ।

उत्पादन भएको चिया प्रशस्त मात्रामा निर्यात गर्न नसक्नु, यातायातको असहजता, नेपालको भूपरिवेष्ठित स्थिति र अपर्याप्त पूर्वाधारले पनि किसानलाई असहज भएको छ । प्रिमियम चिया पातहरूको लागि बजार मूल्य कम छ । यस्ता समस्याहरुको पहिचान गरी समाधानका लागि हाइलाइफले आफ्नो तर्फबाट योगदान गर्ने प्रतिबद्धतासमेत जनाएको छ । कम्पनीले स्वदेश तथा विदेशमा बजार खोजी चियालाई ब्राण्डिङ गर्ने र बजार प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ ।

You might also like

Comments are closed.