एसइई मिस सुपर मोडल कलेजकी विजेताको रोजाइमा हिमाल कलेज

पोखरा । एसईई  मिस सुपर मोडल जुना श्रेष्ठले आफ्नो रोजाइमा हिमाल कलेज अफ म्यानेजमेन्टलाई पारेकी छन् ।

पोखरा १५ रामबजार तल्लो जनशक्ति टोलकी जुनाले आफ्नो नतिजा आइ सकेपछि व्यवस्थापन पढ्ने निधो भएमा हिमाल कलेजमै पढ्ने बताएकी छन् ।

‘पोखरमै बस्ने परिस्थिति बन्यो र म्यानेजमेन्ट पढ्ने भएमा हिमाल कलेज अफ म्यानेजमेन्टमा पढ्ने सोचेकी छु,’  उनले भनिन् ।

देशैभरि एसईई दिएर बसेका विद्यार्थीमध्ये जुनाले सबैलाई पछि पार्दै एसईई मिसको ताज आफ्नो हातमा पार्न सफल भएकी थिइन्  ।

अन्तिमचरणमा ६० प्रतिस्पर्धीलाई पछि पार्दै जुनाले उपाधी हात पारी ताज जितेकी थिइन् ।उनलाई हिमाल कलेजले आफ्नो कलेकमा पढे पुर्ण छात्रवृत्ति दिने क्याम्पस प्रमुख हरि कार्कीले बताए ।

उनलाई बढ्नको लागि विभिन्न १२ कलेजले फुल छात्रवृतिसहित पढ्न अफर गरेका छन् ।

You might also like

Comments are closed.