पोखरा । पोखराको प्रतिष्ठित शिक्षालय हिमाल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ भर्ना अन्तर्गत सञ्चालन भइरहेको छात्रवृत्ति कार्यक्रमको दोश्रो चरण असार २९ गतेसम्म मात्र जारी रहने कलेज प्रशासनले जानकारी दिएको छ ।
कक्षा ११ मा व्यवस्थापन संकाय रोज्ने विद्यार्थीका लागि यो छात्रवृत्ति कार्यक्रम एक अवसरको ढोका सावित हुँदै आएको छ । कलेजले व्यावहारिक तथा व्यवसायिक शिक्षालाई मुख्य आधार बनाउँदै शिक्षा दिन थालेको र विद्यार्थीमा आत्मनिर्भर भविष्य निर्माण गर्ने दिशामा योगदान पुर्याउँदै आएको बताइएको छ ।
सुरुमा आवेदन दिने विद्यार्थीले २० प्रतिशत देखि १०० प्रतिशतसम्म छात्रवृत्ति प्राप्त गर्ने अवसर पाइरहेका छन् । समय बित्दै जाँदा छात्रवृत्तिको प्रतिशत क्रमिक रूपमा घट्दै जाने भएकाले इच्छुक विद्यार्थीले चाँडै निर्णय लिनुपर्ने हुन्छ । असार २९ पछि छात्रवृत्ति कार्यक्रम बन्द हुनेछ र सो पश्चात् पढाइ औपचारिक रूपमा सुरु गरिनेछ ।
छात्रवृत्तिको दोश्रो चरण अन्तर्गत धेरै विद्यार्थी लाभान्वित भइसकेका छन् । अब केही दिनमात्र बाँकी रहेकोले यथाशीघ्र फारम भरी भर्ना प्रक्रिया पूरा गर्न विद्यार्थी तथा अभिभावकलाई कलेजले आग्रह गरेको छ ।
हिमाल कलेज अफ म्यानेजमेन्टले शिक्षासँगै व्यवहारिक सीप, उद्यमशिल सोँच, र भविष्यमा रोजगारी तथा व्यवसाय गर्ने क्षमताको समेत विकास गराउने विश्वास दिलाएको छ
Comments are closed.