पोखरा । हिमाल कलेज अफ म्यानेजमेन्टले वार्षिक कार्यक्रम अनुसार ट्यालेन्ट शो प्रतियोगिता सम्पन्न गरेको छ । विद्यार्थीका अन्तर्निहित प्रतिभा प्रस्फुटन गर्न कार्यक्रम गरिएको कलेजका प्रिन्सिपल हरि कार्कीले जानकारी दिए ।
कलेजका संचालन कृष्ण भण्डारी, चेतनाथ भण्डारी, विनोद गिरी, बिष्णु हमाल तथा संचालक एवं मिडिया संयोजक जनक पौडेलले आगामी दिनमा पनि यस्ता कार्यक्रम गरिरहनुपर्नेमा जोड दिए । कार्यक्रममा नृत्य तथा गायनमा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
सैद्धान्तिक सँगै प्रयोगात्मक शिक्षामा जोड दिदै छोटो समयमा नै शैक्षिक क्षेत्रमा अग्रस्थानमा आउन सफल कलेजले विविएस प्रथम बर्षमा गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल भएको कार्कीले बताए ।
कलेजको संचालक समितिका उपाध्यक्ष लिला प्रसाद पराजुलीको सभापतित्वमा भएको कार्यक्रमको संचालन सहायक क्याम्पस प्रमुख प्रदिप खनालले गरेका थिए । कलेजका इन्चार्ज मणी डुम्रेले स्वागत गरेका थिए ।
Comments are closed.