कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच मर्चेन्ट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र हिमाल डेन्टल अस्पतालबीच आईतबार मर्चेन्ट सम्झौता भएको छ । कामना सेवा विकास बैंकका चिफ बिजनेस अफिसर (डिपोजिट एण्ड ट्रान्जेक्सन बैंकिङ) हरिप्रसाद लम्साल र हिमाल डेन्टल अस्पतालका अध्यक्ष राजेन्द्रप्रसाद भट्टले सम्झौतामा हस्ताक्षर गरेका थिए ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकका कर्मचारी तथा बैंकसंग आबद्ध सम्पूर्णले हिमाल डेन्टल अस्पतालका सम्पूर्ण शाखाले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकका कर्मचारी तथा बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ।

lcci
You might also like

Comments are closed.