एन आई सी एशिया बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा १० प्रतिशत छुट

काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहकलाई धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा छुट पाउने भएका छन् । सो सम्बन्धमा बैंक र रिसोर्टबीच सम्झौता गरिएको छ ।

बैंकका ग्राहकलाई हिमालय दृष्य रिसोर्टमा खाना तथा पेय पदार्थ उपभोग गरी डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध हुनेछ ।

सो सुबिधाको लागि ग्राहकले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्नेछ ।

यस सहकार्यले बैंकका ग्राहकलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

 

 

You might also like

Comments are closed.