पोखरा ।। कास्कीको मादी गाउपालीका १२ लिपेयनी ग्रामीण भेकमा रहेको हिमालय बहुउद्देश्यीय सहकारी सस्थाको प्रथम साधारणसभा शनिबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष कृष्णराज दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका उपाध्यक्षमा कृष्णचन्द्र बरालले शुभकामना व्यक्त गरेका थिए भने सस्थाका सदस्य मीलन ढकालले सहकारीका सात सिद्धान्त प्रस्तुत गरेका थिए ।
सस्थाका गतिविधि तथा आगामी कार्यक्रमको समीक्षा गर्दै सल्लाहकार बृहस्पति अधिकारले ग्रामीण भेकमा बामे सर्दै गरेको सस्थाले यसै ठाउँको समग्र बिकाश तथा कृषिमा आधुनिकता सुरु गर्दै गर्दा सम्पूर्ण किसान र स्थानिय बासिन्दा गोलवंद भई सकारात्मक सोचका साथ र सहयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै संस्थाका शिक्षा समिति सयोजक सत्यराज बराल र सल्लाहकार खेम बहादुर गुरुङले संस्थाले यो क्षेत्रमा उलेख्य काम गरेको बताए । कार्यक्रममा सस्थाका अध्यक्ष कृष्णराज दाहालले संस्थाको गतिबिधि र आगामी कार्यनिती तथा लेखा समिति सयोजक सन्तोष ढकाल र कोषाध्यक्ष लोककुमारी बरालले गत आ. ब २०७६÷०७७ को प्रतिबेदन तथा प्रस्तावित आ.ब २०७७÷७८ को बजेट प्रगरेका थिए ।
१८२ जना शेयर सदस्य रहेको सस्थामा आगामी बर्ष ३ सयभन्दा बढी सेयर सदस्य थप्ने र कृषिमा व्यवसायीकरण गर्दै लगानी बढाउने लक्ष्य रहेको सस्थाका सचिव बिरेन्द्र पौडेलले जानकारी दिए । कोभिड १९ को सम्बन्धमा नेपाल सरकारले जारी गरेको मापदन्डमा रहेर आयोजना गरिएको सस्थाका कर्मचारी मनोज बरालले जानकारी दिए ।
Comments are closed.