हिमालयन बैंकसँग गाभिने सिभिल बैंकको प्रस्ताव पारित

काठमाडौं । सिभिल बैंक लिमिटेडको १२औँ वार्षिक साधारणसभाले हिमालयन बैंकसँग गाभिने प्रस्ताव पारित गरेको छ। हिमालयन बैंकले सिभिललाई १००ः८०.२८ सेयर अनुपातमा गाभ्न लागेको छ।

यसअनुसार सिभिल बैंकको १०० कित्ता सेयर हुनेले हिमालयन बैंकको ८०.२८ कित्ता सेयर प्राप्त गर्नेछन्। हिमालयन र सिभिलले माघ महिनाभित्र एकीकृत कारोबार गर्ने तयारी गरेका छन्।

साधारणसभाले चुक्ता पुँजीको ५ प्रतिशत बराबरको बोनर सेयर र ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय पनि पारित गरेको छ। सिभिलका ८ लाखभन्दा बढी ग्राहक छन्।

बैंकले हालसम्म ९६ अर्बभन्दा बढी निक्षेप परिचालन र ८६ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ।

You might also like

Comments are closed.