हिमालयन बैंकका थप दुई वटा भुक्तानी काउन्टर सञ्चालन

काठमाडौं । हिमालयन बैंक लिमिटेडले थप दुई वटा भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले आफ्नो सेवा–सुविधा विस्तार गर्ने क्रममा महाराजगंज स्थित कान्ति बाल अस्पतालमा बुधबारदेखि थप दुई विल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले कान्ति बाल अस्पतालको आकस्मिक वार्ड र बाल मनोरोग वार्डमा आउने बिरामीहरु र बिरामीहरुका परिवारजनलाई लक्षित गरी सो काउन्टरहरु स्थापना गरेको हो।

उक्त भुक्तानी काउन्टरहरुले सार्वजनिक बिदा बाहेक अन्य दिनहरुमा बिहान ९ः०० बजे देखि दिउँसो ३ः०० बजे सम्म ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्नेछन् ।

बैंकले हाल देश भरि रहेका ७४ शाखा, ६ विस्तारित काउन्टर १६० एटिएम र ६ हजार भन्दा बढी पस टर्मिनलबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा प्रदान गर्दै आएकोे छ ।

You might also like

Comments are closed.