काठमाडौं । मिनी ईभी खोज्नेहरुको लागि बजारमा एकपछि अर्को नयाँ मोडल उपलब्ध भइरहेका छन् । त्यसको पनि १०/११ लाख रुपैयाँमै खरिद गर्न सकिनेछ । हिमालयन ईभी प्रालिले सस्तो मिनी कार नेपाल ल्याएको हो ।
सहरी क्षेत्रको यात्राको लागि उपयुक्त हुने एनयु ब्राण्डको ‘सनसाइन’ नामक मिनी कार बिक्रीको लागि उपलब्ध भएको छ । यसको मूल्य १० लाख ९० हजार रुपैयाँ तोकेर बिक्री सुरु भएको छ । यसमा अन्य ब्राण्डको मिनी कारको जस्तो ३ वटा ढोका नभई ५ वटै ढोका छन् ।
चालकसहित ४ जनाले आरामदायी यात्रा गर्न सक्ने मिनी कारको लम्बाइ २९५० एमएम, चौडाइ १५२० एमएम र उचाइ १६२० एमएम छ ।एनयु ब्राण्डले सनसाइन मोडलमा १९३० एमएम लामो ह्वीलवेस प्रयोग गरेको छ । यसमा १२ इन्चका ह्वील र १५० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स रहेको कम्पनीको भनाइ छ ।
मूल्यको हिसावले उत्कृष्ट लाग्ने मिनी कारमा १० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । सो मोटरलाई पावर दिन ६ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । एनयु सनसाइन कारको अधिकतम गति ४८ किलोमिटर प्रतिघण्टा मात्रै छ । साथै, यसको सिंगल चार्ज रेन्ज १०० किलोमिटरसम्म रहेको कम्पनीको रहेको छ । यसमा इनर्जीको लागि ब्याट्रीसँगै ब्याट्री चार्ज गर्न पेट्रोल जेनेरेटर उपलब्ध छ ।
कारमा रहेको ब्याट्री सकिएमा पेट्रोल जेनेरेटर चलाएर गाडी गुडाउँदै चार्ज गर्न पनि सकिन्छ । त्यसैले सनसाइन मिनी कारलाई ब्याट्री र पेट्रोल दुबै इनर्जीबाट चलाउन सकिन्छ । चारवटै चक्कामा डिसब्रेक रहेको सनसाइन कारमा रियर ह्वील ड्राइभ मोटर, इन्डीपेन्डेन्ट सस्पेन्सन, एयर कण्डिसन, ४ लिटरको फ्युल ट्याङ जस्ता फिचर छन् ।
कम्पनीले कारमा प्रयोग भएको मोटरमा २ वर्ष र ब्याट्रीमा ३ वर्ष वा ३० हजार किलोमिटर बराबरको वारेन्टी दिएको छ । पेट्रोल र व्याट्री दुबै तरिकाले चलाउन मिल्ने १० लाख ९० हजारको कारमा कम्पनीले अन्य छुट पनि उपलब्ध गराएको छ । सनसाइन मोडलमा १ वर्षको इन्स्योरेन्स, १ वर्षको वार्षिक कर, १० हजारदेखि १ लाखसम्मको क्यास कुपन पनि प्रदान गर्ने जनाएको छ ।
Comments are closed.