हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई दुईवटा अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले यसवर्षको दुईवटा अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । सिंगापुरमा आयोजित इन्स्योरेन्स एसिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड प्राप्त गरेको हो ।

इन्स्योरेन्सका डेपुटी जेनेरल म्यानेजर सञ्जय अर्यालले अवार्डले नयाँ मापदण्ड बनाउन र सेवाग्राहीलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न प्रेरित गरेको बताए । दुईवटा अन्तर्राष्ट्रिय अवार्डले डिजिटल सेवा र एनसेल, इसेवा र खल्ती जस्ता कम्पनीसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रवद्र्घन गर्न हिमालयन एभरेष्ट इन्स्योरेन्सले निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको छ ।

यस उपलब्धिले बीमा उद्योगमा इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियो बनाएको कम्पनीले जनाएको छ ।

 

You might also like

Comments are closed.