हिमालयन एभरेस्ट इन्स्योरेन्सको सीईओमा अञ्जु श्रेष्ठ नियुक्त

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले अञ्जु श्रेष्ठलाई आफ्नो प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरेको छ । उनी नेपालको जेनेरल बीमा कम्पनीको इतिहासमा दोस्रो महिला सीईओ बन्न सफल भएकी छन् ।

उनले आधिकारिक रूपमा आजदेखि सीईओको भूमिकामा कामको थालनी गर्ने कम्पनीले बताएको छ । नवनियुक्त सिईओ श्रेष्ठको बीमा क्षेत्रमा २९ वर्षको अनुभव रहेको छ । फागुन २०५२ साल फागुन १६ मा सहायक अधिकृतको रूपमा बीमा क्षेत्रमा उनको यात्रा सुरु भएको थियो ।

jutta mela

उनको समर्पण, अथक परिश्रम र उत्कृष्टताको प्रतिबद्धताले उनलाई विभिन्न पदमा अघि बढाउँदै अन्ततः कम्पनीको सीईओको पदसम्म पु¥याउन सफल भएको छ । सिईओको रूपमा, उनले आफ्नो अनुभव र नयाँ योजनाको साथ हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने कम्पनीले जनाएको छ ।

नियुक्तिको अवसरमा नवनियुक्त सीईओ अञ्जु श्रेष्ठले हिमालयन एभरेस्ट इन्स्योरेन्सको नेतृत्व गर्ने मौका पाउँदा मैले निकै सम्मानित महसुस गरेको बताइन् । अबको मेरो भूमिका भनेको नयाँ प्रविधि तथा दिगो वृद्धिलाई प्रोत्साहन गर्दै ग्राहक–केन्द्रित समाधान प्रदान गर्नेतर्फ हुने उनी बताउँछिन् ।


कम्पनीका अध्यक्ष महेन्द्र के. श्रेष्ठले बीमा क्षेत्रको, अवसर र चुनौती नवनियुक्त श्रेष्ठले राम्रोसँग बुझेको हुदा हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई उनले अझ उचाइमा लैजान सक्षम हुने बताए ।

You might also like

Comments are closed.