हिमालयन एभरेष्ट इन्स्योरेन्सले पहिलो त्रैमासमा कमायो ३ करोड ७८ लाख खुदनाफा

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्ज भएर बनेको हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबै घटेको छ ।

साउन १ गतेदेखि एकीकृत कारोबार थालेको कम्पनीले खुद बीमा शुल्क र नाफामा संकुचन आएको वित्तीय विवरण प्रकाशित गरेको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा ३ करोड ७८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ३४.५७ प्रतिशतले कम हो । गत आर्थिक वर्षको असोजसम्ममा कम्पनीले ५ करोड ७८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । दुई कम्पनी मर्ज पश्चात बनेको कम्पनीको चुक्ता पूँजी २ अर्ब २३ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

jutta mela

यस्तै कम्पनीको जगेडा कोषमा ५९ करोड ४० लाख रुपैयाँ, बीमा कोषमा १ अर्ब १० करोड ७७ लाख रुपैयाँ र महाविपत्ती कोषमा ४ करोड ६७ लाख रुपैयाँ संचित रहेको छ ।

You might also like

Comments are closed.