हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव सम्पन्न

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३१औं वार्षिकोत्सव विभिन्न उपलब्धिमूलक कार्यक्रम गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । तीन दशकभन्दा लामो इतिहास बोकेको यस कम्पनीले नेपालको निर्जीवन बीमा क्षेत्रलाई आधुनिक बनाउँदै उत्कृष्ट सेवा प्रवाह गर्दै आएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्स नेपालको बीमा क्षेत्रको विकासमा महत्वपूर्ण खम्बाको रूपमा रहेको छ । समयसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्सले बीमाको दायरा फराकिलो बनाउँदै, जोखिम व्यवस्थापनको क्षमता विस्तार गर्दै र ग्राहक सेवामा नवीनता थप्न सफल भएको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले व्यक्तिगत, कर्पोरेट तथा कृषि बीमा उपलब्ध गराउँदै आएको छ ।

व्यक्तिगत बीमा अन्तर्गत सवारी साधन बीमा, व्यक्तिगत दुर्घटना बीमा र यात्रा बीमा रहेका छन् भने कर्पोरेट बीमा अन्तर्गत भबन बीमा, उद्योग, सामुन्द्रिक, हवाई र इन्जिनियरिङ बीमा सेवा समावेश छन् । त्यसैगरी कृषि बीमा अन्तर्गत गाईवस्तु र बाली बीमा रहेका छन् । कम्पनीले डिजिटल माध्यमबाट बीमाको दावी सजिलै गर्न मिल्ने ‘स्मार्ट क्लेम’ सेवा पनि उपलब्ध गराएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले हालै सिंगापुरमा आयोजित ‘इन्स्योरेन्स एसिया अवार्ड २०२४’ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र ‘स्ट्राटेजिक पार्टनरशिप अफ द इयर–नेपाल’ गरी दुई प्रतिष्ठित अवार्डहरू जित्न सफल भएको थियो । प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले हिमालयन एभरेष्ट इन्स्योरेन्सले तीन दशकको यात्रामा नविनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको बताइन् ।

ग्राहकलाई थप मूल्य प्रदान गर्ने, प्रविधिगत क्षमतालाई सुदृढ गर्ने र नेपालको आर्थिक तथा सामाजिक विकासमा अर्थपूर्ण योगदान पु¥याउनमा केन्द्रित रहने कम्पनीका फाउन्डिङ एमडी एवम् अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठ बताउँछन् । हिमालयन एभरेष्ट इन्स्योरेन्सले आगामी वर्षमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको छ ।

 

lcci
You might also like

Comments are closed.