कास्की । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीलाई ब्रेथ एनालाइजर मेसिन हस्तान्तरण गरेको छ । इन्स्योरेन्सले सामाजिक उत्तरदायित्व अन्तर्गत एक कार्यक्रम गरी करिव ३ लाख बढी मूल्य पर्ने २ थान अत्याधुनिक प्रविधिको मापसे जाँच गर्ने ब्रेथ एनालाइजर मेसिन ट्राफिक प्रहरी कार्यालयका प्रमुख शोभा पाण्डेलाई हस्तान्तरण गरेको हो ।
नेपाल बिमा प्राधिकरण गण्डकी प्रदेश प्रमुख शम्भु मित्रले ब्रेथ एनालाइजरको प्रयोगले दुर्घटना कम गराउने र परिवारमा सुख हुने बताउँदै सेवामा खटिने ट्राफिक प्रहरीलाई आभार व्यक्त गरे । ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख पाण्डेले ब्रेथ एनालाइजर मेसिनले मापसे जाँचमा सहजीकरण, दुर्घटना न्यूनिकरण हुने हुँदा बिमा पर्ने दाबीमा समेत कमी आउने बताइन् ।
हिमालयन एभरेष्ट इन्स्योरेन्स गण्डकी प्रदेश प्रमुख शिव सुवेदीले कम्पनीको सामाजिक उत्तरदायित्व कार्यक्रममा आवश्यकता अनुसार उत्तरदायित्व बहन गर्ने बताउँदै आगामी दिनमा यस्ता कार्यलाई निरन्तरता दिने बताए । नेपाल बिमा प्राधिकरणका कविता पाण्डे, सिटिवान टेलिभिजनका कोषाध्यक्ष विनोद भुजेल, हिमालयन एभरेष्ट लेखनाथ शाखा प्रमुख टंकप्रसाद दाहाल र ट्राफिक प्रहरी लगायतको उपस्थितीमा कार्यक्रम भएको हो ।
कार्यक्रम सञ्चालनमा हिमालयन एभरेष्ट इन्स्योरेन्स गण्डकी प्रदेशका दाबी विभाग प्रमुख शक्ति बखालले गरेका हुन् ।
Comments are closed.