काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेको जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको यथासिघ्र दावी भुक्तानी गर्ने प्रक्रिया शुरु गरेको छ ।
हालसम्म हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्ति दावी गरिएका २८७ वटा दाबीमध्ये अहिलेसम्म २४५ वटा दावी बापत रु २१ करोड ७४ लाख ४५ हजार ८३१ रुपैयाँ भुक्तानी गरेको जनाएको छ । दावी भुक्तानी रकम जेन जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिको अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत रहेको कम्पनीले जनाएको छ ।
नियामकीय प्रावधानभित्र रही सरल र सहज दावी भुक्तानीका लागि कम्पनी प्रतिवद्ध रहेको दावी विभाग प्रमुख रोजराज लुइटेलले बताए । साथै उच्च प्राथमिकताका साथ भइरहेको दावी भुक्तानी असोज २१ गते पुनः यथावत भएको कम्पनीले जनाएको छ । इन्स्योरेन्सले विषम परिस्थितिलाई ध्यानमा राख्दै बीमित ग्राहकको सुविधा र आर्थिक राहतका लागि शीघ्र भुक्तानी प्रक्रिया अघि बढाएको हो ।
हिमालयन एभरेष्टमार्फत बीमा भई क्षतिपूर्तिको दावी भुक्तानी बाँकि रहेका बिमितलाई आवश्यक कागजात र प्रक्रिया पु¥याइ आफूलाई पायक पर्ने कम्पनीको नजिकको शाखा वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न समेत कम्पनीले अनुरोध गरेको छ ।
Comments are closed.