काठमाडौं । आगामी माघ १४ देखि १७ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको ‘प्रथम काठमाडौं महोत्सव २०८२’ को ‘ फायर सेफ्टी सर्पोटर’मा हिट्को प्रा.लि रहने भएको छ । ग्यारेज इक्युपमेन्ट, औद्योगिक मेसिनरी इक्युपमेन्ट र फायर सेफ्टी इक्युपमेन्ट बिक्री वितरणमा नेपालको अग्रणी कम्पनी हिट्को महोत्सवमा ‘फायर सेफ्टी सर्पोटर’का रुपमा जोडिएको हो ।
नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र काठमाडौं महानगरपालिकाको आयोजना तथा राइजिङ नेपाल प्रा।लि।को सहआयोजनामा हुने महोत्सवको सेफ्टी सर्पोटरमा हिट्को जोडिएको महोत्सवका संयोजक उज्ज्वलजंग पराक्रम शाहले जानकारी दिए ।
महोत्सवमा सहकार्य गर्न पाउँदा खुसी लागेको हिट्को प्रालिका कार्यकारी निर्देशक प्रदीपमान प्रधानले बताए । हिट्कोले हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्स जस्ता उपकरण बजारमा उपलब्ध गराउँदै आएको छ ।
हिट्कोले हाल एल्गी र एटीएस–एल्गीका उपकरणहरु बिक्री वितरण गरिरहेको छ । सवारी साधनको ग्यारेज निर्माणका लागि आवश्यक उपकरण र सडक वा टनेल निर्माणको अवसरमा आवश्यक एयर कम्प्रेसर समेत हिट्कोले उपलब्ध गराइरहेको छ । हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।
महोत्सवमा २ सयभन्दा बढी व्यावसायिक स्टल रहनेछन् । महोत्सवमा रैथाने खाना महोत्सव, पर्यटन प्रवद्र्धन, कला संस्कृति महोत्सव, निःशुल्क स्वास्थ्य शिविर, र फोटो प्रदर्शनी जस्ता विविध कार्यक्रम समेत आयोजना हुने छन् ।




Comments are closed.