एचएमडी ग्लोबलले ल्यायो नोकिया जी इलाभेन प्लस

काठमाडौं । नोकिया फोनको उत्पादक तथा वितरक HMD ग्लोबलले नोकिया G11 प्लस सर्वजनिक गरेको छ । G-सेरिजको सफलतासंगै यस फोनमा नवीनतम एन्ड्रोइड १२, मासिक सुरक्षा अपडेटहरू, गुणस्तर र विश्वभर प्रसिद्ध लामो समयसम्म टिक्ने ब्याट्री ब्याकअप समावेश छ ।

एचएमडी ग्लोबलका सीईओ, फ्लोरियन सेइशले भने, “प्रारम्भिक प्रतिस्थापनले वातावरणमा पार्ने प्रभावका कारण संसारभरका मानिसहरूले आफ्नो स्मार्टफोनलाई लामो समयसम्म प्रयोग गर्ने गरेका छन्। नयाँ नोकिया G11 प्लसमा उपभोक्ताहरूलाई लामो समयसम्म टिक्ने ३ दिनको ब्याट्री ब्याकअप, तीन वर्षको मासिक सुरक्षा अपडेटहरू र एन्ड्रोइडका तीन संस्करणहरू सुनिश्चित गरिएको छ । हामी हाम्रो गुणस्तर्य निर्माणमा प्रतिवद्ध हुन पाउँदा गर्व गर्छौं ।”

इण्डस्ट्री- लिडिंग अपडेटहरू
अरु स्मार्टफोनहरु भन्दा दुई गुणा धेरै सुरक्षा अपडेटहरू भएको नोकिया G11 प्लसले तपाईंको अनलाइन गतिविधिहरू हरदम सुरक्षित छन् भन्ने सुनिश्चित गर्दछ । यसमा फिंगरप्रिन्ट र फेस अनलक दुबै समर्थिन गर्ने मास्क मोडको साथ, दैनिक प्रयोग अझ सुविधाजनक भएको छ ।

यसमा प्रयोगकर्ताहरुको इन्टरफेसबाट स्क्रोल गर्न मिल्ने स्क्रिनसटहरू र भर्खरको एन्ड्रोइड १२ को सबै सुबिधाहरु लिन सकिनेछ । नोकिया G11 प्लसको साथमा आएको दुई वर्षको सफ्टवेयर अपग्रेडको साथ नयाँ एन्ड्रोइड संस्करणले ल्याउने नयाँ सुविधाहरू र नवीनताहरू पाउन सकिनेछ ।

सुलभ मूल्यमा प्रिमियम डिजाइन
नोकिया G11 प्लस स्लिम नर्डिक डिजाइनमा तीन दिन लगातार चल्ने ब्याट्री जडान गरिएको छ जसले तपाईंलाई पूरै हप्ता बिना कुनै चिन्ता फोन प्रयोग गर्न मद्दत गर्दछ । नोकिया फोनहरूमा मात्र उपलब्ध सुपर ब्याट्री सेभरले तपाईंलाई आवश्यक परेको बेलामा थप केही घण्टाको प्रयोग सुनिश्चित गर्दछ ।

पोली कार्बोनेट बडी भएको फ्लिप कलर फिनिशमा उपलब्ध यो फोनमा प्रकाशको अवस्था अनुसार रंग परिवर्तन हुन्छ । ३/६४ GB को स्टोरेजमा उपलब्ध यो फोनको मूल्य १९ हजार ४ सय ९९ रहेको छ । निलो रंगमा उपलब्ध नोकिया G11 प्लस आजबाट नेपालभरिका सम्पूर्ण रिटेल स्टोरहरुमा उपलब्ध छ ।

You might also like

Comments are closed.