होण्डा टेक्निसियन स्कील कन्टेष्ट २०२३ सम्पन्न, ३ जना मेकानिक पुरस्कृत

काठमाडौं । होण्डा टेक्निसियन स्कील कन्टेष्ट २०२३ सम्पन्न भएको छ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसियनहरुको शिप र दक्षता अभिवृद्धि गर्ने र विक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उदेस्यका साथ हरेक वर्ष टेक्नीशियन स्किल कन्टेष्ट संचालन गर्छ ।

यसै क्रममा यसवर्ष सम्पन्न भएको होण्डा टेक्निसियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ ।स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २/२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए र सो प्रतियोगिता होण्डाको ट्रेडिङ सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो ।

प्रतियोगिता अवधि भर सहभागी टेक्निसियनहरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै Honda Standard Procedure  अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए । यस अघि विभिन्न मितिमा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाडौंबाट २ जना, बिराटनगर बाट २ जना, जनकपुरबाट २ जना, पोखराबाट २ जना र भैरहवाबाट २ जना प्रतियोगिहरु छनोट भई आएका थिए ।

स्याकारट्रेडिङ कम्पनी प्रालीले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिताबाट सहभागी टेक्निशियन हरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।
प्रतियोगितामा प्रथम द्वितिय तथा तृतिय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटीसी पोखराका झलेन्द्र ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए साथै अन्य सहभागीहरुले प्रमाण पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न अतिथीहरुको उपस्थीतीमा पुरस्कार तथा प्रमाणपत्र बितरण भएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुख हरुको उपस्थीतीमा सो कार्यक्रम यही चैत ३ गते सम्पन्न भएको थियो ।

पुरस्कृत मेकानीकहरु प्रथम रु.३० हजार नगद, दोश्रो २० हजार, तेश्रो १५ हजार नगद पुरस्कारका साथै प्रमाण पत्र प्राप्त गरेका थिए ।

You might also like

Comments are closed.