फ्रि सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ सम्पन्न

काठमाडौं । नेपालका लागि हेण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार टे«डिङ कम्पनीले फ्रि सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ सम्पन्न भएको छ । होण्डा गाडीका ग्राहकलाई मध्यनजर गरी बिराटनगर, धरान, इटहरी, दमक, बिर्तामोड जस्ता शहरलाई लक्षित गरी ३ दिनसम्म कार्यक्रम गरेको हो ।

बिराटनगरस्थित होण्डा अथोराईज्ड सर्भिस सेन्टर सुबिध अटो सर्भिस सेन्टरमा फ्रि सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेष्ट ड्राईभ गरिएको छ । जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत छुट दिने भएको छ ।

एचडिएस स्क्यानका साथै २००१ मोडलदेखि २०१४ मोडल सम्मका कम्पनीले तोकिएका गाडीमा होण्डा सेफ्टी रि कल अन्र्तगत फ्रिमा एयर ब्याग पनि परिवर्तन गरेको छ । आगामी दिनमा पनि कम्पनीले आफ्ना ग्राहकलाई यस्तै सेवा प्रदान गर्ने जनाएको छ ।

 

 

 

You might also like

Comments are closed.