होण्डाद्वारा ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन हुने

काठमाडौं  । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रा.लि. ले ग्राहक केन्द्रित सेवा विस्तार गर्ने क्रममा विशेष तीन दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम आयोजना गर्न लागेको छ।

यहि मिति २०८२ जेठ २७ गतेदेखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चालन हुने उक्त क्याम्प काठमाडौं उपत्यकाभित्रका (काठमाडौँ, ललितपुर, भक्तपुर) ग्राहकहरूलाई लक्षित गरिएको छ। यस क्याम्पमार्फत ग्राहकहरूलाई सेवा तथा सुरक्षाको थप सुनिश्चितता प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ।

कार्यक्रम अन्तर्गत सन् २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा सेफ्टी रिकल कार्यक्रम मार्फत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ। साथै, सहभागी ग्राहकहरूले विभिन्न सेवामा आकर्षक छुट प्राप्त गर्नेछन्:

  • लेबर चार्जमा १०% छुट

  • पाट्र्समा ७% छुट

  • ल्युब्रिकेन्टमा ५% छुट

  • ए.सि. रिफिल सेवामा २०% छुट

  • डेन्ट–पेन्ट सेवामा १०% छुट

  • साथै, HDS Scan सेवा पनि निःशुल्क प्रदान गरिनेछ।

स्याकार ट्रेडिङ्ग कम्पनीले भविष्यमा पनि ग्राहक सेवा सुधारका लागि यस्ता सुविधायुक्त कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले सम्पूर्ण होण्डा ग्राहकहरूलाई यो अवसरको भरपुर लाभ उठाउन हार्दिक अनुरोध गरेको छ।

You might also like

Comments are closed.

Secret Link