होन्डाले ल्यायो कम मूल्यका दुई नयाँ मोटरसाइकल

काठमाडौं । होन्डाले १०० र १२५ सीसी सेग्मेन्टमा दुई नयाँ मोटरसाइकल देखाएको छ । मूल्यका हिसावले निकै किफायती हुने यी दुबै मोडल अर्को महिनाबाट भारतमा बिक्री सुरु हुनेछ ।

जापानी मोटरसाइकल निर्माता होन्डाले भारतीय बजारमा होन्डा साइन १०० डीएक्स र सीबी १२५ हर्नेट गरी दुई नयाँ मोटरसाइकल देखाएको हो । कम्पनीले दुबै मोटरसाइकल उत्कृष्ट माइलेजको लागि परिचित रहने बताएको छ । नविनतम प्रविधि, स्टाइलिश र आकर्षक ग्राफिक्स डिजाइनमा तयार दुबै मोटरसाइकल स्पोर्टी र युवा प्रेरित देखिन्छन् ।

होन्डाले आफ्नो चर्चित नाम हर्नेटको सानो भर्सन सीबी १२५ युवामैत्री बनाएर ल्याएको कारण धेरै चर्चा सुरु भएको छ । हर्नेटमा पुरा एलइडी लाइट, नयाँ जेनेरेसनमा आधारित ४.२ इन्च टीएफटी इन्स्ट्रुमेन्ट कन्सोल, टर्न वाइ टर्न नेभिगेसन, कल एसएमएस अलर्ट, म्युजिक कन्ट्रोल र युएसबी चार्जिङ पोर्ट पाउन सकिन्छ ।

कम्पनीले यसमा प्रयोग गरेको डिस्क ब्रेक, सिंगल च्यानल एबीएस, अलोय ह्वील, ट्युबलेस टायर जस्ता फिचरले लोभ्याउने छ । स्पोर्टी राइडिङ पोस्चर, फ्ल्याट टायर, स्प्लीट सिट, सेग्मेन्टमै पहिलो गोल्डेन कलर युएसडी फर्क र मोनोसक सस्पेन्सन सेटअपले बजारमा यसको छुट्टै प्रभाव रहने बताइएको छ ।

हलुका डाइमन्ड टाइप फ्रेममा निर्माण भएको हर्नेटमा ११ हर्स पावर र ११.२ एनएम पिक टर्क जेनेरेट गर्ने १२३.९४ सीसी क्षमताको सिंगल सिलिन्डर, एफआइ इन्जिन छ । यसमा ५ स्पीड गियरबक्स छ । यसले ० देखि ६० किलोमिटर प्रतिघण्टाको स्पीड मात्रै ५.४ सेकेन्डमा पुरा गर्नेछ । साइन १०० डीएक्समा कम्पनीले आवश्यकता अनुसारको डिटेल्स हेर्न सकिने रिफ्रेस गरिएको पूरा डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, एलइडी लाइट र टेल ल्याम्प दिएको छ ।

एरोडायनामिक फ्रन्ट काउल, नयाँ एरो प्रकारको इन्धन क्याप, फराकिलो इन्धन ट्याङ्की, ह्यान्डलमा क्रोम एक्सेन्ट, ब्रेक पेडल, फ्रन्ट भाइजर, गियर पेडल, ग्र्याब रेल र क्रोम मफलर कभर, दुबै टायरमा ड्रम ब्रेक, ट्युबलेस टायर, अलोय ह्वील, रियरमा ५ स्टेपको एड्वस्टेवल ट्वीन सक अब्जर्बार जस्ता फिचरहरु छन् ।

साइनमा ९८.९८ सीसीको सिंगल सिलिन्डर, एयर कुल्ड, फोर स्ट्रोक, एसआई इन्जिन प्रयोग गरिएको छ । यसले ७.३८ पीएस पावर तथा ८.०४ एनएम टर्क जेनेरेट गर्छ । यस मोटरसाइकलमा ४ स्पीडको गियरबक्स छ । कम्पनीले यसमा होन्डाको इएसपी टेक्नोलोजी, पीजीएम एफआई सिस्टम र एसीजी स्टार्ट मोटर दिएको छ । यसले मोटरसाइकलको इन्जिनलाई एफिसियन्ट र क्लीन बनाउन मद्दत गर्छ ।

You might also like

Comments are closed.