होण्डाको मनसुन एक्सचेन्ज उपहार योजना

काठमाडौं । होण्डा टू व्हीलर्स्को आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले ‘होण्डा मनसुन एक्सचेन्ज’ नामक आकर्षक ग्राहकमुखी उपहार योजना लिएर आएको छ ।

प्रत्येक होण्डा मोटरसाइकल तथा स्कुटर एक्सचेन्ज गर्दा ७ हजारसम्मको एक्सचेन्ज बोनस तथा ४ हजारसम्मको क्यासब्याक पनि हात पार्न सकिनेछ भने फ्री चेकअप र टेस्ट राइडको पनि व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

योजना २०७९ असार ५ गतेदेखि असार १० गतेसम्म मात्रै लागू हुनेछ । यस योजनाअन्तर्गत उपत्यका भित्रका ग्राहकहरूले मात्रै सहभागिता जनाउन सक्ने छन् ।

MANASLU

नेपालमा सर्वाधिक रुचाइएको होण्डाको मोटरसाइकल तथा स्कुटरको हकमा आएको यो आकर्षक उपहार योजनाले ग्राहकहरूमा थप उत्साह जगाउने विश्वास कम्पनीले लिएको छ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...