छिट्टै लञ्च हुँदै होन्डा एलिभेटको नयाँ संस्करण

काठमाडौं । होन्डाले भारतीय बजारमा आफ्नो लोकप्रिय मध्यम आकारको एसयूभी एलिभेटको नयाँ संस्करण लञ्च गर्ने तयारी गरिरहेको छ ।

कम्पनीले सो एसयूभीको टिजर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ । रिपोर्टका अनुसार नयाँ संस्करणलाई ‘एक्सप्लोरर एडिशन’ भनेर चिनाइने सम्भावना देखिन्छ । एसयूभीको टिजरमा पनि बोल्डमा एक्सप्लोरर जस्ता शब्दको प्रयोग गरिएको छ, जसले एसयूभीको डिजाइन थप आकर्षक बनाएको छ ।

यद्यपी कम्पनीले सो एसयूभीको लञ्च मिति घोषणा गरेको छैन । तर रिपोर्टका अनुसार नयाँ एलिभेट यही महिना भित्रै बजारमा लन्च हुने अनुमान गरिएको छ । यसअघि आएको एपेक्स संस्करणपछि एलिभेटको यो दोस्रो विशेष संस्करण हुनेछ । यसको मूल्यको विषयमा पनि आधिकारिक जानकारी आउन बाँकी छ । तर रिपोर्टका अनुसार नयाँ डिजाइन र सुविधाका कारण अन्य मोडलको तुलनामा केही महँगो हुने अनुमान गरिएको छ ।

होन्डा एलिभेटले मध्यम आकारको एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा, टाटा ह्यारियर, मारुती ग्रान्ड भिटारा, किया सेल्टोस र टोयोटा अर्बन क्रुजर हाइराइडरसँग प्रतिष्पर्धा गर्नेछ ।

 

You might also like

Comments are closed.