HONOR 400 5G एआई स्मार्टफोन सगरमाथाबाट सार्वजनिक, असार २ गतेदेखि बिक्री सुरु

काठमाडौं । विश्वप्रसिद्ध एआई डिभाइस ईकोसिस्टम कम्पनी HONOR ले आफ्नो नयाँ HONOR 400 5G Series को ऐतिहासिक सुरुवात विश्वको सर्वोच्च शिखर सगरमाथाबाट गर्दै प्रविधिमा नयाँ कीर्तिमान स्थापित गरेको छ।

“HONOR को एआई शिखरमै, संसारको शिखरमै” भन्ने सन्देशसहित सगरमाथाबाट गरिएको यो विश्वकै पहिलो सार्वजनिक कार्यक्रमले HONOR को नवप्रवर्तनप्रतिको साहसी दृष्टिकोण र असीम सम्भावनाप्रति समर्पणलाई उजागर गरेको छ।

HONOR 400 5G Series का मुख्य विशेषताहरू:

200MP Ultra-clear AI मुख्य क्यामेरा

AI क्रिएटिभ एडिटिङ (AI Image to Video, AI Super Zoom, AI Portrait Snap, AI Remove Reflection, AI Eraser, AI Outpainting, AI Upscale आदि)

Snapdragon 8 Gen 3 Processor सहितको फ्ल्यागशिप स्तरको प्रदर्शन

6000mAh ब्याट्री र 100W SuperCharge सपोर्ट

IP68 र IP69 स्तरको पानी प्रतिरोध क्षमता

HONOR 400 5G Series ले एआईद्वारा सशक्त फोटोग्राफी, शक्तिशाली प्रोसेसिङ क्षमता, र आकर्षक डिजाइनमार्फत स्मार्टफोन नवप्रवर्तनमा नयाँ युगको थालनी गरेको छ।

काठमाडौंको हिल्टन होटलमा आयोजित पत्रकार सम्मेलनमा HONOR का आधिकारिक वितरक Celltron Nepal का प्रमुख कार्यकारी अधिकृत राहुल राठीले आजैदेखि प्रि-बुकिङ खुला भएको घोषणा गरेका छन् ।

प्रि-बुक गर्ने ग्राहकहरूले विशेष निःशुल्क अफरहरू प्राप्त गर्नेछन् । पहिलो बिक्री २०८२ असार २ गतेबाट सुरु हुनेछ । यो ऐतिहासिक लोन्चिङले नेपाललाई विश्वप्रविधि नक्शामा एक पटक फेरि सशक्त रूपमा प्रस्तुत गरेको छ ।

You might also like

Comments are closed.