काठमाडौं । नेपालमा विश्वकै सबैभन्दा पातलो फोल्डेबल स्मार्टफोन होनर म्याजिक भि फाइभ प्रि–बुकिङ सुरु भएको छ ।
यो ८.८ एमएम मोटाइ रहेको यस स्मार्टफोनमा सबैभन्दा ठूलो ब्याट्रीसहितको स्लिम फोल्डेबल डिजाइन, आकर्षक हल्का बनावट र अल्ट्रा स्मुथ फोल्डेबल ओएलईडि डिस्प्ले रहेको छ ।
स्न्यापड्रागन एट ईलाइट प्रोसेसद्वारा सञ्चालित होनर म्याजिक भि फाइभले बिजुलीजस्तै छिटो प्रदर्शन र प्रिमियन फोल्डेबल अनुभव प्रदान गर्दछ ।
एडभान्स्ड एआई, ट्रिपल–क्यामेरा सिस्टम र पुरै दिन टिक्ने ब्याट्रीसहित म्याजिक भि फाइभले सहज मल्टिटास्किङ, अद्भुत भिजुअल्स र उत्कृष्ट फोटोग्राफी अनुभव दिने हुदा दैनिक जीवनका लागि परफेक्ट रहेको छ ।
पहिले नै विश्वभर धमाका मच्चाइसकेको म्याजिक भि फाइभ अब नेपालमा प्रि–बुकिङका लागि उपलब्ध छ । होनर म्याजिक भि फाइभ प्रि–बुक गरी होनरवाच फोर र होनर च्याइस इयरबर्ड क्लिप्स आकर्षक गिफ्ट लिन अनुरोध छ ।
Comments are closed.