‘होटल दा फ्लेमिंगो’को सफ्ट ओपनिङ फागुन २७ मा

बुटवल । ‘होटल दा फ्लेमिंगो’ फागुन २७ (मार्च ११) बाट सञ्चालनमा आउने भएको छ । बुटवलको योगीकुटीमा निर्माण भएको होटलको सफ्ट ओपनिङ फागुन २७ मा हुने सञ्चालक दिलीप गौचनले जानकारी दिए । ‘होटलको सफ्ट ओपनिङको लागि हामी तयारी अवस्थामा छौं,’ उनले भने, ‘पर्यटकलाई हामीले स्तरीय सेवा प्रदान गर्न सफल हुनेछौं ।’

आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउन लागिएको उनले बताए । होटलमा स्विट, जुनियर स्विट, सुपर डिलक्स र डिलक्स गरी चार क्याटागोरीका ५१ वटा रुम छन् ।

करिब ६ रोपनी जग्गामा निर्माण भएको होटलमा ४ सय जना क्षमताको एउटा बैंक्युट हल छ भने २ वटा कन्फ्रेन्स हल छन् । कन्फ्रेन्स हल सय जना क्षमताको र ३० जना क्षमताको रहेको गौचनले जानकारी दिए । होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम लगायतको सेवा उपलब्ध हुन्छ । होटलमा पर्याप्त पार्किङको सुविधा उपलब्ध हुनेछ ।

होटलमा लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफेट्वान्टी फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध हुनेछ । भर्टिगो रुफटप बारमा ४० जना क्षमता रहनेछ । होटल ओपनिङको पूर्व सन्ध्यामा फागुन १९ गते रक्तदान कार्यक्रम हुने महाप्रवन्धक काशीराम अधिकारीले जानकारी दिए ।

You might also like

Comments are closed.