काठमाडौं । मेगा बैंक र पोखराको लेक साइडमा रहेको स्वीस इन्टरनेसनल होटल सरोवरबीच छुट सम्झौता भएको छ । उक्त सम्झौताअनुसार बैंकका एकाउन्ट होल्डर, डेविड क्रेडिट कार्ड होल्डरहरुले छुट सुविधा पाउने छन् ।
लजिङमा १० प्रतिशत, रेष्टुरेन्टमा ५ प्रतिशत, स्पामा ३० प्रतिशत छुटको सुविधा पाउने भएका छन् । सम्झौता पत्रमा होटलका संचालक भरत पहारी र बैंकका क्लस्टर प्रमुख ज्ञानेन्द्र पन्तले हस्ताक्षर गरेका छन् ।
अन्तर्राष्ट्रियस्तरको यो होटल नेपालकै उत्कृष्टमध्यमा पर्दछ । छुट सम्झौताले बैंकका ग्राहकहरु प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ ।
Comments are closed.