नयाँ वर्षको स्वागतार्थ पोखरा ग्राण्डमा विशेष सांगीतिक कार्यक्रम

आर्थिक आवाज
पोखरा । पोखराको एक मात्र पाँचतारे होटल पोखरा ग्राण्डले अंग्रेजी नयाँ वर्षको स्वागतार्थ विशेष सांगीतिक कार्यक्रम तथा पार्टी गर्ने भएको छ । डिसेम्बर ३१ अर्थात पुस १५ गते साँझ ७ बजेदेखि मध्यरातसम्म कार्यक्रम हुने महाप्रवन्धक रोशन खवासले जानकारी दिए ।

कार्यक्रममा सहभागीहरुलाई ‘टिपिकल नेपाली कल्चरल सो’, ‘लाइभ व्याण्ड’ र ‘डिजे’हरुबाट मनोरञ्जन प्रदान गरिनेछ । कार्यक्रममा सहभागीहरुलाई प्रतिव्यक्ति ३ हजार ५ सय रुपैयाँको टिकटको व्यवस्था गरिएको छ । उक्त टिकटमा वेलकम ड्रिङस, अनलिमिटेड स्न्याक्स र गाला डिनरको सुविधा प्रदान गरिनेछ । कार्यक्रममा सहभागी हुनेहरुलाई लक्की ड्रका आधारमा आकर्षक पुरस्कारको व्यवस्था गरिएको खवासले जानकारी दिए ।

१० वटा स्विट रुमसहित होटलमा १ सय ४० वटा कोठा छन् । ५ वटा हल छन् । ३ वटा रेस्टुरेन्ट र एउटा बार रहेको होटलमा  स्पा, हेल्थ क्लब, स्विमिङ पुल, ट्राभल्स डेक्ट, बिजनेस सेन्टर तथा पर्याप्त पार्किङको सुविधा छ ।

होटल आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख रोजाईमा परेको बताउँछन् खवास । ‘सिजनमा फुल अकुपेन्सी रहने होटलमा लो सिजनमा पनि बुकिङ राम्रो छ,’ उनले भने, ‘हामीले प्रदान गर्ने उत्कृष्ट सर्भिसबाट पर्यटक आकर्षित भएका हुन् ।’

पोखरामा रहेको एकमात्र पाँचतारे होटल, प्राइम लोकेसन, मल्टिपल बैंक्युट हल, खाना र सेवा राम्रो भएकाले पनि पोखरा ग्राण्ड धेरैको रोजाईमा परेको उनले बताए । पोखरामा आयोजना हुने ठूला सेमिनार, भिआइपी भिजिट, सम्मेलन लगायतका कार्यक्रम प्राय पोखरा ग्राण्डमै हुने गरेको उनले जानकारी दिए । होटलमा करिब २ सय जना कर्मचारी कार्यरत छन् ।

You might also like

Comments are closed.