आज प्रतिनिधिसभा बैठक बस्दै, यी दुई विधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ बजे संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने भएको छ। बैठकमा दुई महत्वपूर्ण विधेयक प्रस्तुत हुने कार्यसूची रहेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० पहिलो संशोधन विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बैठकमा प्रस्तुत गर्नेछन् ।

त्यसैगरी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

You might also like

Comments are closed.