हल्ट प्राइज नोबेल कलेजले दियो अभिमुखीकरण र दिगो फेसन विषयक तालिम

काठमाडौं । हल्ट प्राइज नोबेल कलेजले हल्ट प्राइजका प्रतियोगीहरुलाई अभिमुखीकरण र दिगो फेसन विषयमा तालिम दिएको छ । आज एक कार्यक्रमका बीच कलेजले उक्त तालिम दिएको हो ।

हल्ट प्राइज नेपालका पुर्व कम्युनिटी बिल्डर आशिष लामिछानेले हल्ट प्राइजबारे विस्तृत जानकारी, कार्यक्रम संचालन र प्रतियोगितामा कसरी सहभागी रहने भन्ने विषयमा जानकारी गराएका थिए । लामिछानेले हल्ट प्राइज उद्यम र उद्यमशीलता प्रतिको युवा विद्यार्थीहरुको लगावको खुल्ला रुपमा प्रशंसा गरेका थिए ।

हल्टले युवा उद्यमी बन्ने एउटा सुनौलो अवसर प्रदान गरेको र त्यो अवसरलाई नोबेल कलेजले विगत २ वर्षदेखि सहि सदुपयोग गर्दै आएको स्मरण गर्दै यस वर्षका प्रतियोगी र आयोजक समुह दुबैलाई कार्यक्रमको सफलताको शुभकामना पनि दिए ।

त्यस्तै फिब्रो फेशनका प्रमुख कार्यकारी अधिकृत एवं सह-संस्थापक सुरजराज पाण्डेले हल्ट प्राइजको यस वर्षको थिम रिडिजाइनिङ्ग फेशन विषयलाई समेट्ने गरी दिगो रुपमा फेशनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा आफ्नो व्यवसायको आधारमा रही अनुभव सुनाए ।

पाण्डेले दीगो विकासका लक्ष्यलाई आत्मसात गरेर जसरी हल्ट प्राइजले युवा उद्यमीलाई प्रोत्साहन गरेको छ, त्यो आफुले आफ्नो व्यवसायमा पनि अवलम्बन गरेको बताए। हल्ट प्राइज नोबेल कलेजको वर्ष २०२२-२३ मा सहभागी हुन दर्ता भएका ९ समूहलाई तालिमको आयोजना गरिएको कार्यक्रम संचालक सार्थक पण्डितले जानकारी दिए ।

You might also like

Comments are closed.