हल्ट प्राइज पिएनसीको अभिमुखीकरण कार्यक्रम

पोखरा । हल्ट प्राइज पिएनसी का विभिन्न अभिमुखिकरण कार्यक्रम सम्पन्न भएका छन् । हल्ट प्राइज कार्यक्रमका कमिटी सदस्य विच परिचय र अभिमुखिकरण कार्यक्रम भएको थियो ।

सो कार्यक्रममा सुसन डंगोल (हल्ट प्राइज नेपाल कम्युनिटी विल्डर), हल्ट प्राइज नेपाल कम्युनिटी एडभाइजर तथा पव्लिक रिलेसन म्यानेजर प्रवेश गौतम, हल्ट प्राइज एट पिएनसीका एडभाइजर प्रशान्त भुषाल, हल्ट प्राइज एट पिएनसीका एडभाइजर विनायक पौडेल लगायत उपस्थित थिए ।

क्याम्पसमा विज्ञान, व्यवस्थापन, कानुन, मानविकी, शिक्षा सवै संकायका विद्यार्थीलाई अभिमुखीकरण गरिएको छ । उक्त कार्यक्रममा किनोट स्पिकर प्रवेश गौतम थिए । त्यसै गरी क्याम्पसका सम्पुर्ण विद्यार्थीलाई समेट्ने गरी अभिमुखिकरण गरिएको फ्याकल्टी सव कोअर्डिनेटर अनिल भण्डारीले जानकारी दिए ।

हल्ट प्राईज पिएनसीको कोलावरेसन कलेज लेकसिटी र रिसर्च सेन्टरका विद्यार्थीलाई प्रशान्त भुषालले सहजिकरण गरेका थिए । हिमाल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीलाई विनायक पौडेलले सहजिकरण गरेका थिए । सवै अभिमुखीकरण कार्यक्रम जुम मार्फ गरिएको थियो ।

You might also like

Comments are closed.