भारतीय अटोमोबाइल बजारमा हाइब्रीड प्रतिस्पर्धा चर्किँदै

काठमाडौं । भारतीय अटोमोबाइल बजार हाल तीव्र परिवर्तनको मोडमा प्रवेश गरेको छ। इन्धन बचत, आधुनिक प्रविधि र वातावरणमैत्री सवारीप्रतिको रुचि बढ्दै गएसँगै विभिन्न कम्पनीहरूले नयाँ रणनीति भन्दैछन्। सोही क्रममा होन्डाले २०३० भित्र १० नयाँ मोडल सार्वजनिक गर्ने योजना घोषणा गरेको छ।

कम्पनीले हाइब्रीड एसयूभीलाई आगामी वर्षहरूमा आफ्नो प्रमुख हतियार बनाउने संकेत दिएको छ। निकट भविष्यमै ४ नयाँ हाइब्रीड एसयूभी भारतीय बजारमा ल्याउने तयारी गरिएको हो। ती मोडलहरूमा होन्डा एलिभेट हाइब्रीड, होन्डा प्रिल्युड कपल, जेआर(भी हाइब्रीड, र ७–सिटर हाइब्रीड एसयूभी रहेका छन्। यी मोडलहरूलाई कम्पनीले दक्षिण एशियामा आफ्नो उपस्थितिलाई थप सशक्त बनाउने उद्देश्यसहित अगाडि सारेको छ।

एकपछि अर्को मोडल बजारमा
१. होन्डा एलिभेट हाइब्रीड

कम्पनीको पहिलो ‘स्ट्रङ हाइब्रीड’ मोडलका रूपमा एलिभेट हाइब्रीड सन् २०२६ को दोस्रो सातासम्म बजारमा आउने अनुमान छ। पावरट्रेनबारे आधिकारिक विवरण आइसकेको छैन, तर १।५ लिटर पेट्रोल इन्जिन र दुई इलेक्ट्रिक मोटर रहने चर्चाहरू छन्।

२.प्रिल्युड कपल

स्पोर्टी डिजाइनमा तयार गरिएको हाइब्रीड प्रिल्युड कपलमा २।० लिटर पेट्रोल इन्जिन ९१४१ बीएचपी०, एक इलेक्ट्रिक मोटर र फ्रन्ट–व्हिल–ड्राइभ ९ँध्म्० सिस्टम रहनेछ। यसको संयुक्त आउटपुट २०० बीएचपी पुग्ने बताइएको छ। भारतमा यसको मूल्य करिब ८० लाख भारतीय रुपैयाँ पर्ने अनुमान छ।

३. होन्डा जेआर–भी हाइब्रीड

जेआर(भी हाइब्रीडमा २।० लिटर पेट्रोल इन्जिन, लिथियम–आयन ब्याट्री र दुई मोटरको संयोजन हुनेछ। यसले १८० बीएचपी पावर र ३१५ एनएम टर्क उपलब्ध गराउनेछ। मोडलमा भ्ख्, ज्थदचष्म र भ्लनष्लभ गरी तीनवटा ड्राइभ मोड रहनेछन्।

४. नयाँ ७–सिटर हाइब्रीड एसयूभी

होन्डाले प्रिमियम सेग्मेन्ट लक्षित ७–सिटर हाइब्रीड एसयूभी सन् २०२७ को अन्त्यतिर सार्वजनिक गर्ने तयारी गरेको छ। जापान र थाइल्यान्डस्थित आरएण्डडी केन्द्रमा डिजाइन भइरहेको यो मोडल कम्पनीको नयाँ ब्द्द प्लेटफर्ममा आधारित पहिलो एसयूभी हुनेछ।

हाइब्रीड सेग्मेन्टमा प्रतिस्पर्धा अझ बढ्ने

होन्डाको यो नयाँ रणनीतिले भारतीय अटो बजारमा हाइब्रीड प्रतिस्पर्धा झनै चर्किने उद्योग विश्लेषकहरूको अनुमान छ। बढ्दो वातावरणीय सचेतना र इन्धनदक्ष मोडलप्रतिको मागलाई ध्यानमा राख्दै कम्पनीले दीर्घकालीन बजार विस्तार रणनीति अघि सारेको छ।

You might also like

Comments are closed.