लक्ष्मी ग्रुपले सेरेब्रल पल्सी सेन्टरमा सामाजिक कार्य गर्दै मनायो ४९ औं वार्षिकोत्सव

काठमाडाैं । लक्ष्मी ग्रुपको ४९ औँ वार्षिकोत्सवको अवसरमा ग्रुप अन्तर्गतको एक कम्पनी तथा हुन्डाई गाडीको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ललितपुरको धापाखेल स्थित सेरेब्रल पल्सी सन्टरमा ५० जना बढी बालबालिकालाई स्टेशनरी र अन्य सामग्री वितरण गरेको छ ।

सेरेब्रल पल्सी सेन्टरको माग अनुसार उक्त सामग्री वितरण गरिएको हो ।हुन्डाई नेपालले हुन्डाई मोटरका “मोबिलिटी”सँग सबैलाई जोड्ने उद्देश्यप्रति एक्यवद्धता जनाउँदै लामो समयदेखि सेरेब्रल पल्सी नेपाललाई सहयोग गर्दै आएको छ।

”मोबिलिटी” सबैको आधारभतू आवश्यकता भन्ने मान्यता सहित कम्पनीले मस्तिस्क घात भएका व्यक्तिहरुलाई गतिशीलतामा सहज पहुँच सनिुनिश्चित गर्ने उद्देश्यले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु गर्दै आएको छ।

साथै सेरेब्रल पल्सी सहायता समहूको आग्रहमा केन्द्रमा आश्रित बालबालिका तथा अन्यलाई दीर्घकालीन रूपमा सशक्तिकरण गर्ने उद्देश्यले लक्ष्मी इन्टरकन्टिनेन्टलले सेरेब्रल पल्सी नेपालसँग आवद्ध व्यक्तिहरूलाई फर्निचर र अन्य सामग्रीहरू बनाउन सक्ने बहुउद्देश्यीय कार्यशाला निर्माण गर्ने सम्झौता पनि गरेको छ। उक्त कार्यशालाको निर्माणले समहूलाई आर्थिकभार घटाउनका साथै आत्मनिर्भर बनाउने विश्वास लिइएको छ ।

सन्१९७३ मा लक्ष्मी मिठाई भण्डारको रुपमा मिठाई उत्पादनबाट व्यवसाय सुरू गरेको लक्ष्मी ग्रपु कन्फेक्शनरी, ट्रेडिङ लगायत अन्य गणुस्तरीय उत्पादन र सेवाका लागि परिचित कम्पनीहरूको प्रतिष्ठित समहू बनेको छ। योसमहू आफ्नो व्यापारसँगै थागत सामाजिक उत्तरदायित्वको कार्यहहरुमा पनि विश्वास र सलं ग्नताका लागि चिरपरिचित बनेको छ।

विगत लामो समयदेखि आफ्नो वार्षिकोत्सवमा सामाजिक उत्तरदायित्वको कार्यहरु गर्दै आएको लक्ष्मी ग्रपुले व्यवसायिक उत्कृष्टता र दीर्घकाललिन सहयोगलाई निरन्तरता दिदै आएको छ ।

You might also like

Comments are closed.