काठमाडौं । भारतीय बजारमा हुन्डाईले नयाँ भरना कारलाई लन्च गरेको छ । हुन्डाईले अपडेट गरिएको नयाँ भरना ४ भेरिएन्टमा लन्च गरेको हो ।
नयाँ हुन्डाई भरनामा १०.२५ इन्चको एचडी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्विच गर्न मिल्ने इन्फोटेनमेन्ट र एसी स्विच कन्ट्रोलर, ६४ रङको एम्बियन्ट लाइटिङ, तातो र चिसो सिट, इलेक्ट्रिक सनरुफ, पावर एड्जस्टेबल ड्राइभर सिट जस्ता फिचर रहेको छ ।
सो कारमा १.५ लिटर पेट्रोल इन्जिन जडान गरेको छ जसले ११५ एचपी पावर र १४४ एनएमको टर्क जेनेरेट गर्छ ।यसको १.५ लिटर टर्बो–पेट्रोल इन्जिनले १६० एचपीको पावर र २५३ एनएमको टर्क जेनेरेट गर्छ ।
त्यस्तै, नयाँ भरनामा ब्लूलिंक कनेक्टेड टेक्नोलोजी, बोस प्रिमियम अडियो सिस्टम, स्मार्ट ट्रंक, इन्टेरियरमा १०.२५ इन्च डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ड्युअल टोन ब्ल्याक एन्ड ह्वाइट इन्टेरियर, भेन्टिलेटेड फ्रन्ट सिट जस्ता फिचर पनि दिइएको छ ।
सेफ्टीको लागि कारमा एड्भान्स ड्राइभर असिस्टेन्स सिस्टम, इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, एडेप्टिभ क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, एबीएस सहित ईबीडी, ट्रयाक्सन कन्ट्रोल आदि दिइएको छ ।
कारमा ६ स्पिड म्यानुअल गियरबक्स र टर्बो पेट्रोल इन्जिनमा ७ स्पिड डीसीटी गियरबक्स दिइएको छ । साथै कारमा सीभीटी गियरबक्सको विकल्प पनि दिइएको छ ।कम्पनीले यसमा डिजेल इन्जिनको विकल्प दिएको छैन ।सो कारको ८ हजार युनिट बुकिङ पनि भइसकेको छ ।
Comments are closed.