हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफरको विजेता बन्यो कुबेर कन्स्ट्रक्सन

काठमाडौं ।  लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. नेपालका लागि हुन्डाई गाडीको आधिकारिक वितरकले, हुन्डाई ‘फेस्टिभ डिलाइट २०८१’ बम्पर अफर को विजेता आधिकारिक रूपमा घोषणा गरेको छ। यस भव्य अफरको महा-पुरस्कार, हुन्डाई भेन्यु १.२, कुबेर कन्स्ट्रक्सन प्रा. लि लाई प्रदान गरिएको छ।

चाडपर्व लक्षित ‘फेस्टिभ डिलाइट २०८१’ अफर  दसैं र तिहारको अवसरमा सुरु गरिएको थियो यो अभियान गत भदौ ६ गतेदेखि कार्तिक २३ गते (August 22 – November 8, 2024) सम्म सञ्चालन गरिएको थियो । फेसिटभ डिलाइटमा ग्राहकलाई आकर्षक नगद छुट, एक लाख रुपैयाँसम्मको स्क्र्याच कार्ड, एक वर्षको सडक कर भुक्तानी, एक वर्षको कम्प्रीहेंसिव बीमा, र पुराना सवारीसाधन साट्न चाहनेहरूका लागि एक्सचेन्ज बोनस लगायतका लाभ प्रदान गरेको थियो।  अभियानले देशभरका ग्राहकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त गरी हुन्डाई नेपालद्वारा आयोजित सबैभन्दा सफल अफरहरू मध्ये एक बन्न सफल भएको कम्पनीले जनाएको छ । ।

बम्पर पुरस्कार विजेताको घोषणा २०८२ साउन १५ गते ९व्गथि घज्ञ, द्दण्द्दछ० मा हुन्डाई नेपालको आधिकारिक फेसबुक पेजमार्फत गरेको छ । उक्त घोषणामा हुन्डाईका प्रतिनिधिहरूको उपस्थितिसँगै विजेता कन्स्युमार आई नेपाल की अध्यक्ष विमला खनालको संयोजकत्वमा विधिवत् सम्पन्न गरिएको थियो। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.ल. ले कुबेर कन्स्ट्रक्सन प्रा. लि.लाई यस भव्य जितका लागि हार्दिक बधाई ज्ञापन गर्नुका साथै यस अभियानलाई भव्यताका साथ सफल बनाउन सक्रिय सहभागी हुने सम्पूर्ण ग्राहकप्रति कृतज्ञता व्यक्त गरेको छ।

You might also like

Comments are closed.