काठमाडौं । हुन्डाई मोटर इन्डियाले नयाँ जेनेरेसनको कम्प्याक्ट एसयूभी हुन्डाई भेन्यु सार्वजनिक गर्ने मिति घोषणा गरेको छ । कम्पनीले २०२६ मोडलको हुन्डाई भेन्यु सन् २०२५ को अक्टोबर २४ मा सार्वजनिक गर्ने घोषणा गरेको हो ।
कम्पनीले दोस्रो जेनेरेसनको भेन्युलाई ‘क्यूयूटू आइ’ कोड नेम दिएको छ । २०२६ हुन्डाई भेन्यू हालको मोडेलसँग मिल्दोजुल्दो देखिन्छ । तर बाहिरी र भित्री डिजाइनमा व्यापक हेरफेर गरिएकाले यसलाई फेसलिफ्ट नभई नयाँ पुस्ताको भनिएको हो ।
नयाँ भेन्युमा १६ इन्च अलोय ह्वील, शार्प विङ मिरर र रिडिजाइन गरिएको ग्लास हाउस दिइएको छ । यसमा कनेक्टेड एलईडी टेल–ल्याम्प पनि नयाँ डिजाइनको हुने अपेक्षा गरिएको छ । नयाँ भेन्युको इन्टेरियर बारे केही खुलाइएको छैन । तर, क्याबिनमा पूरै परिवर्तन हुने अनुमान गरिएको छ । ठूलो टचस्क्रीन सहितको नयाँ ड्यासबोर्ड, सेन्टर कन्सोल, स्वीचगियर, ३६० डिग्री क्यामेरा, भेन्टिलेटेड फ्रन्ट सिट, अपडेट एडास फिचर हुनेछन् ।
त्यस्तै, नयाँ जेनेरेसन भेन्युमा हालको मोडेलमा प्रयोग गरिएका तीनवटा इन्जिनहरू कायम राख्ने अपेक्षा गरिएको छ । १२० एचपीको १.० लिटर टर्बो युनिट, ८३ एचपी १.२ लिटर नेचुरल एस्पिरेटेड मोटर र १०० एचपीको १.५ लिटर डिजेल मिल कायमै हुने अनुमान छ । न्यु जेनेरेसन भेन्युले टाटा नेक्सन, मारुती ब्रेजा, किया सोनेट, महिन्द्रा एक्सयूभी थ्री एस्सओसँग सिधा प्रतिस्पर्धा गर्नेछ ।
कम्पनीले सन् २०२२ को जुनमा फेसलिफ्ट ल्याउँदै भेन्यु अन्तिम पटक अपडेट गरेको थियो । भेन्यु हुन्डाईको पकड बलियो बनाउने एक मुख्य प्रोडक्टको रुपमा रहँदै आएको छ ।
Comments are closed.