काठमाडौं । धनगढीका अभिषेक चौधरीले हुन्डाई कार खरिद गर्दा रु १० लाख नगद जितेका छन् ।
हुन्डाईको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ल्याएको दशैँ तिहार अफर अन्तर्गत चौधरीले स्क्र्याच कार्डमार्फत सो रकम जितेका हुन् । उनले धनगढीस्थित दिनेश फोर ह्विल्सबाट नयाँ कार खरिद गरेका थिए ।
हुन्डाईको फेस्टिभ अफरअन्तर्गत कुनैपनि नयाँ गाडी खरिद गर्दा ग्राहकले सिधै ८ लाखसम्म छुट पाउनेछन् । त्यसैगरी, स्क्र्याच कार्डमार्फत १० लाखसम्म नगद छुट र २० हजार रुपैयाँसम्मको लोयल्टी वोनस र १ वर्षको कम्प्रिहेन्सिभ इन्स्योरेन्स र रोड ट्याक्स समेत निःशुल्क पाइनेछ ।
हुन्डाइले हाल नेपाली बजारमा मेड इन नेपाल क्रेटा र भेन्युसहित क्रेटा इलेक्ट्रिक, आयोनिक५ र ग्राण्ड आई१० निओसजस्ता मोडलहरु उपलब्ध गराउँदै आएको छ ।
Comments are closed.