हुन्डाईको फेस्टिभ सिजन, कम्प्याक्ट सेडान औरा अपडेट

काठमाडौं । हुन्डाईले फेस्टिभ सिजनको अवसरमा आफ्नो् कम्प्याक्ट सेडान औरालाई अपडेट गरेको छ । औराको एसएक्स भेरियन्टमा प्रोजेक्टर हेडल्याम्प र अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता नयाँ फिचर थप गरिएको हो ।

साथै, यस कारमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, स्थिर दिशा निर्देशसहितको रियरभ्यू क्यामेरा, इन्जिन स्टार्ट/स्टप बटन भएको स्मार्ट की र १५ इन्चको डायमण्ड–कट एलोय ह्वील राखिएको छ ।

औरामा हुन्डाईले १.२–लिटर पेट्रोल इन्जिन उपलब्ध गराएको छ । जसले ६,००० आरपीएममा ८२ बीएचपी र ४,००० आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्दछ । यो ५–स्पीड म्यानुअल गियरबक्समा जोडिएको छ ।

कार फ्याक्ट्री–फिटेड सिएनजी विकल्पको साथ पनि उपलब्ध छ । सिएनजी मोडलमा १.२–लिटर इन्जिनले ६८ बीएचपी र ९५.२ एनएम टर्क जेरेरेट गर्दछ । अपडेट गरिएको सो नयाँ भेरिएन्टको मूल्य ८ लाख २३ हजार ८०० भारु निर्धारण गरिएको छ ।

You might also like

Comments are closed.