काठमाडौं । नेपालमा हुन्डाई गाडीहरूको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले हुन्डाई क्रेटाको १०औँ वार्षिकोत्सव मनाएको छ ।
नेपालमा सार्वजनिक भएदेखि नै क्रेटा आफ्नो आधुनिक डिजाइन, आरामदायी अनुभव, सुरक्षा र विश्वसनीयताका कारण सबैभन्दा रुचाइएको र विश्वासिलो एसयूभी बन्न सफल भएको छ । क्रेटाले आफ्नो डिजाइन र उत्कृष्ट पर्फमेन्समार्फत नेपाली बजारको कम्प्याक्ट एसयूभी सेगमेन्टमा एक छुट्टै पहिचान बनाएको छ ।
वर्षौंदेखि यसका विभिन्न मोडल तथा अपग्रेडहरू सार्वजनिक भएका छन् । जसले हरेक चोटि पर्फमेन्स र स्टाइलमा नयाँ मापदण्ड स्थापना गरेको छ । क्रेटा ईभीको आगमनसँगै यस एसयूभीले आफ्नो नवीन प्रविधिसँग दिगो र वातावरणमैत्री यात्रालाई एकसाथ अगाडि बढाएको छ ।
अहिलेसम्मको यात्रामा क्रेटाले नेपालका सडकमा हजारौँ परिवारलाई भरपर्दो साथ र गुणस्तरीय सेवा दिँदै आएको छ । आगामी दिनमा पनि आधुनिक प्रविधि र प्रतिबद्धताका साथ हुन्डाईले नेपालमा समृद्ध जीवन र दिगो यात्राको भविष्य निर्माणमा साथ रहने लक्ष्य राखेको छ ।
Comments are closed.