बुटवल–भैरहवामा हुन्डाईको क्रेटा ईभी सार्वजनिक, कार्यक्रमस्थलबाटै १० वटा हस्तान्तरण

काठमाडौं । नेपालमा हुन्डाई सवारी साधनको एकमात्र आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले बुटवल–भैरहवा क्षेत्रमा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको छ । ग्राहकलाई प्रदान गर्दै आएको गुणस्तरीय सेवा, विश्वसनीय गाडी र देशभर फैलिएको नेटवर्कका कारण हुन्डाई नेपालले उपभोक्ताको मन जित्दै आफूलाई नेपालको उत्कृष्ट अटो ब्राण्डको रुपमा स्थापित गरिसकेको छ ।

कम्पनीकाअनुसार, नयाँ क्रेटा ईभीको आगमनले विद्युतीय सवारीबारे दुविधा भएका ग्राहकलाई स्पष्ट निर्णय लिन सजिलो बनाउनेछ । धेरैलाई ईभी खरीद गर्दा स्पेयर पार्टसको उपलब्धता, सेवा शुल्क र दीर्घकालीन ब्राण्ड सपोर्टको विषयमा शंका हुने गर्दछ । तर हुन्डाई नेपालले देशमै क्रेटा आइसीई पेट्रोल मोडलको निर्माण कार्य थालिसकेको । क्रेटा ईभी तथा आइसीई दुवै मोडलमा एउटै प्लेटफर्म प्रयोग हुने भएकोले गाडी खरिदपछिको सेवा सुविधामा अब कुनै पनि समस्या हुने छैन ।

साथै लक्ष्मी हुन्डाईले ईभी इकोसिस्टमलाई अझै मजबुत बनाउन RE–Lax चार्जिङ्गको नेटवर्क विस्तार गर्दैछ । जसअन्तर्गत अहिले नै देशभरका विभिन्न ठाउँमा RE–Lax DC र AC गरी ६६ चार्जर सुचारु भइसकेकाले ग्राहकलाई हुन्डाईको पेट्रोल र ईभी कुनै पनि गाडी खरिद गर्दा सेवा, पाट्र्स र सपोर्टमा कुनै किसिमको कमी नहुने दाबी कम्पनीले गरेको छ । नेपालभर यो सन्देश फैलाउन कम्पनीको उच्च व्यवस्थापन टोली देशका विभिन्न सहरमा डिलरसँग प्रत्यक्ष भेटघाट गरिरहेको छ ।

सोही अभियान अन्तर्गत कम्पनीले यही वैशाख ३१ गते सिद्धिविनायक मोटो कर्ष प्रालि बुटवल र जगत मोटर्स प्रालि भैरहवा (हुन्डाईको आधिकारिक डिलर) को संयुक्त आयोजनामा बोधिभिल्ला मणिग्राममा भएको भेटघाट कार्यक्रममा नयाँ क्रेटा ईभी सार्वजनिक गरेको हो । क्रेटा ईभीसहित हुन्डाईका अरु नयाँ मोडलहरू पनि प्रदर्शन गरिएको कम्पनीले जानकारी दिएको छ । यस कार्यक्रममा ग्राहकको हुन्डाईप्रति उत्साहजनक क्रेज र विश्वास बढेको देखिएको छ ।

पछिल्ला कार्यक्रमको रेकर्ड तोड्दै सोही स्थानबाट क्रेटा ईभीका ३० बढी युनिटको बुकिङ कन्फर्म गरिएको छ । कार्यक्रम स्थलबाट १० वटा क्रेटा ईभी ग्राहकलाई हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । कम्पनीका प्रतिनिधिले कार्यक्रमका सहभागीसँग प्रत्यक्ष संवाद गर्दै हुन्डाई गाडी सम्बन्धी विस्तृत जानकारी र आवश्यक सहयोग प्रदान गरेका थिए ।

 

You might also like
Ram Tulasi Palpa

Comments are closed.