नाइमा मोबिलिटी एक्स्पोमा हुन्डाई नेपालले ल्यायो ‘Hyundai Awesome August’ योजना

गाडी खरिदमा ग्राहकलाई ८ लाखसम्मको छुट

काठमाडौं । नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘Hyundai Awesome August’ योजना सुरु गरेको छ । यही साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाइमा मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ ।

हुन्डाईको स्टल नम्बर एल ४ रहेको छ । यसमा ग्राहकले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभको फाइदा लिन सक्नेछन् । यस योजना अन्तर्गत ग्राहकले हुन्डाईका गाडी खरिद गर्दा रु ८ लाखसम्मको नगद छुट, १ वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन् ।

यसका साथै सबै हुन्डाई गाडीमा ३ वर्षको वारेन्टी पनि उपलब्ध छ । ‘Hyundai Awesome August’ योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ । विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ ।

नाइमा मोबिलिटी एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन् । यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारको लागि छनौट हुने जनाइएको छ । दैनिक उपहारमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ ।

हुन्डाईले आफ्नो Grand i10 NIOS, Venue, Creta Electric, Creta Ice and Ioniq 5 जस्ता आधुनिक मोडलसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको छ । यस अभियानले ग्राहकलाई आकर्षक अफर मात्र नभई यात्रा र उत्साहको अवसर पनि प्रदान गर्दछ ।

हुन्डाई नेपालले ग्राहक तथा गाडी खरिद गर्न इच्छुकलाई नाइमा मोबिलिटी एक्स्पो २०८२ मा हुन्डाईको स्टल नम्बर एल ४ मा उपस्थित हुन अनुरोध गरेको छ ।

You might also like

Comments are closed.