हुन्डाईले सुरु गर्‍यो वर्ल्डकप-२०२२ लक्षित ‘टेस्ट-ड्राइभ क्याम्पेन’

काठमाडौं । विश्वकप फुटबल-२०२२ लाई मध्यनजर गर्दै हुन्डाईले आफ्नो ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत नयाँ अफर ल्याएको छ। यस अफरअन्तर्गत ग्राहकहरूले हुन्डाईको नेपालभरि रहेका कुनै पनि सोरुममा कुनै पनि कार टेस्ट-ड्राइभ गरी फिफा विश्वकप-२०२२ प्रत्यक्ष हेर्न जाने मौका पाउनेछन्।

श्रावन ३ गते (मंगलबार) बाट सुरु भएको यस अफरमा नेपालभरका कुनै पनि व्यक्तिले आफ्नो ड्राइभिङ लाइसेन्स लिएर आधिकारिक हुन्डाई सोरुममा रेजिस्टर गरी सहभागी हुन सक्नेछन्।

यो अफरको अन्त्यमा लक्की ड्रमार्फत दुई जना भाग्यशाली विजेताहरूको छनोट गरिनेछ। प्रत्येक विजेताले उपहार स्वरूप आफूलाई मनपर्ने एक जना अर्को व्यक्तिसँग कतार गइ विश्वकप लाइभ हेर्न पाउनेछन्। यसरी जम्माजम्मी चार जना हुन्डाईको स्पोन्सर सीपमा कतार जान पाउनेछन्।

हुन्डाई मोटर्सको हस्पिटालिटी प्रोग्राममार्फत ल्याइएको यो अफर नेपालका लागि हुन्डाईको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले संयोजन गरेको छ। अफरमार्फत कम्पनीले ‘गोल अफ द सेन्चुरी’ अभियानअन्तर्गत पर्यावरण दिगोपनको लागि हुन्डाईले गरेको प्रयासमा सबैलाई जोड्ने लक्ष्य राखेको छ।

साथै फुटबलको विश्वव्यापी आकर्षणका कारण फुटबलमार्फत पर्यावरणमैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने उद्देश्यले पनि यो अफर ल्याइएको हो। लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले नेपालभरीका १७ डिलर र १९ सर्भिस सेन्टरमार्फत आफ्नो सेवा दिइरहेको छ।

lcci
You might also like

Comments are closed.